Rule 7
राष्ट्रिय वनको भू-उपयोग योजना
(१) वनको संरक्षण, संवर्द्धन, व्यवस्थापन तथा वातावरण र विकास बीचको सन्तुलन कायम गर्नको लागि निर्देशनालयको परामर्शमा डिभिजनल वन अधिकृतले आफ्नो कार्यक्षेत्र भित्रको कुनै खास बनक्षेत्रको भू-उपयोग योजना तर्जुमा गर्न सक्नेछ।

(२) उपनियम (१) बमोजिम तर्जुमा भएको भू-उपयोग योजना डिभिजनल वन अधिकृतले स्वीकृतिको लागि प्रदेश मन्त्रालयको सहमति लिई विभागमा पेस गर्नु पर्नेछ।

(३) उपनियम (२) बमोजिम प्राप्त भू-उपयोग योजना परिमार्जन गर्नु पर्ने देखेमा परिमार्जन समेत गरी वा गर्न लगाई विभागले आफ्नो रायसहित नेपाल सरकारको स्वीकृतिको लागि मन्त्रालयमा पेस गर्नु पर्नेछ ।

(४) उपनियम (३). बमोजिम प्राप्त भू-उपयोग योजना मन्त्रालयले स्वीकृतिको लागि नेपाल सरकार मन्त्रिपरिषद्मा पेस गर्नेछ र नेपाल सरकार मन्त्रिपरिषद्ले त्यस्तो योजना स्वीकृत गर्न सक्नेछ।

(५) यस नियममा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि नेपाल सरकारले आवश्यक ठानेमा कुनै वन क्षेत्रमा भू- उपयोग योजना तर्जुमा गर्न लगाई स्वीकृत गर्न सक्नेछ।